Incident Reports

रौतहटमा सीमावर्ती भारतीय बजार आउजाउ खुला गर्न माग राख्दै प्रदर्शन

2020-11-12

Madhes, Rautahat, Gaur

चाडवाडका बेला सीमावर्ती भारतीय बजार बैरगनियासँग जाेडिएकाे सीमानाका खोल्नु पर्ने माग गर्दै रौतहट सदरमुकाम गौरमा बिहीबार स्थानीयले प्रदर्शन गरेका छन् । 

करिब एक हजारको संख्यामा रहेका नेपालीहरुले चाडबाडका बेला सीमा नखोलेको भन्दै विरोध गरेका हुन् । भारतले सीमा खोले पनि नेपालले सीमा नखोल्दा किनमलेका लागि चोरबाटो आउजाउ गर्नु परेको उनीहरु गुनासो थियो ।

चोरबाटोबाट आउजाउ गर्दा भारतीय सुरक्षाकर्मीले मुल नाकाबाट आउनु भन्दै रोक्ने गरेकाले बाध्य भएर बिरोधमा उत्रेको स्थानीय मुन्ना तिवारीले बताए ।

आसन्न चाड तिहार र छठ पर्वका लागि किनमेल गर्न नेपालीहरु सीमावर्ती भारतीय बजार जाने गर्छन् । तर, चाडवाडकै बेला नाका बन्द हुँदा आवश्यक सामान नपाउने अवस्था भएकाले प्रशासनको ध्यानाकर्षण गर्न प्रर्दशन गरिएको स्थानीय जगरनाथ साहले बताए ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments