Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-11-11

Sudurpashchim, Dadeldhura, Ajaymeru, Ward 3

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अजयमेरु गाउँपालिका–३ का २२ वर्षीय दानी बिकलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २६ गते यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी महेन्द्र नेपालले बताउनु भयो ।

आरोपितलाई जिल्ला अदालत डडेल्धुराबाट आठ दिनको म्याद थपी अनुसन्धान भइरहेको डिएसपी नेपालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २९ गते जिल्ला अस्पताल डडेल्धुरामा गरिएको छ  ।

भुपेन्द्र बिष्ट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments