Incident Reports

प्रशासन कार्यालयमा तोडफोड गर्ने नौ जनाविरुद्ध सार्वजनिक मुद्दा

2020-11-17

Karnali, Jumla, Chandannath

जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गर्ने नौ जनाविरुद्ध सार्वजनिक मुद्दा लगाइएको छ।

हिमा गाउँपालिका-१ जुम्ला मोफ्ला गाउँका १६ वर्षीय किशोरी बबिता रोकायको हत्यामा संलग्नलगायत शंकास्पदको अनुसन्धान गर्नुपर्ने दबाब दिँदै आएका पीडितले शनिवार अपरान्ह प्रशासन कार्यालयमाथि ढुंगामुढा गरेका थिए। प्रशासनमाथि तोडफोड गर्ने नौ जनालाई सार्वजनिक मुद्दा लगाइएको हो।

मुद्दा लगाइएका नौ जनासहित स्थानीयको ढुंगा प्रहारबाट प्रशासन कार्यालयको प्रजिअ कक्ष, निवास, प्रहरी बिट र मालिका मन्दिर तोडफोड हुँदा आठ लाख रुपैयाँ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक भरतसिंह राठौरले सार्वजनिक सम्पत्तिमाथि तोडफोड गरिएकाले सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाइएको बताए। उनका अनुसार घटनामा सम्लग्न चार जना नियन्त्रण लिइएको र पाँच जना फरार छन्।

उनका अनुसार घाइते चार प्रहरीमध्ये दुई सामान्य उपचारपछि घर फर्केको र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। यता पीडितपक्षका घाइते दुई जना पनि उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ।

घटनामा संलग्न प्रमुख अभियुक्त करबहादुर भण्डारी, अन्य घटनामा संलग्न रामचन्द्र डाँगी र उनका श्रीमतीलाई पीडितको किटानी जाहेरी अनुसार पक्राउ गरी अनुसन्धानका सबै प्रक्रिया पुर्‍याएर अदालतले पठाई उनीहरुको सुनुवाइ भइरहेको प्रहरीले जनाएको छ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 9
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments