Incident Reports

बालिका बलात्कार अभियोगमा दुई पक्राउ

2020-11-12

परासी । बालिका बलात्कार गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पन्ध्र  वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । कात्तिक २७ गते रातिको समयमा बालिका धारामा पानी लिन बलात्कारमा परेको उनले बताए ।

पक्राउ परेका व्यक्तिले बालिकाको मुख थुनेर घरभन्दा केही दूरीमा रहेको बगैचामा लगेर बलात्कार गरेको पीडितकी आमाले बताए । किटानी जाहेरीका आधारमा दुई पुरुषलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

                                    

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments