Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-11-27

Madhes, Saptari, Tirahut, Ward 5

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–५ लोहजराका ७६ वर्षीय लक्ष्मी महतोलाई मङ्सिर १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई खिर खान घरमा बोलाएर यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले दिएको उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।

पीडित बालिकाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर १२ गते स्वास्थ्य परीक्षण गरिएको छ ।

तिरहुत गाउँपालिका–५ का वडा अध्यक्ष रमानन्द चौधरीका अनुसार अरोपितले पाँच वर्ष अघि पनि गाउँकी एक बालिकासँग यौन दुर्व्यवहार गरेका थिए ।

‘त्यस बेला गाउँले मिलेर उनलाई ६ सय रुपियाँ जरिवाना गराएर छाडिएको थियो ।’–चौधरीले भन्नु भयो–‘तर उनले पुनः यस्तो घटना गरेका छन् ।’

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments