Incident Reports

प्रेमीसँग भाग्दा इज्जत जाने डरले सुपारी दिएर छोरीको हत्या, बाबुआमासहित ७ जना पक्राउ

2020-11-11

Madhes, Rautahat, Madhav Narayan, Ward 7

रौतहट । रौतहटमा एक अभिभावकले सुपारी दिएरआफ्नै छोरीको हत्या गराएको तथ्य प्रकाशमा आएको छ । माधवनारायण नगरपालिका–७, लौकाहाका रामअयोध्या साह तेली र उनकी श्रीमती सीतादेवीले आफ्नै छोरी १७ वर्षीया अमृता साहको हत्या गराएको घटना सार्वजनिक भएको हो । प्रेम सम्बन्धमा रहेकी अमृताले प्रेमीसँग भागेर विवाह गर्दा इज्जत जाने डरले उनीहरुले हत्या गराएको तथ्य प्रकाशमा आएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतबार आयोजित पत्रकार सम्मेलनमा आरोपित आमा, बाबु र हत्यामा संलग्न अन्य ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मृतक किशोरीका आमाबुवाका अतिरिक्त देवाही गोनाही नगरपालिका–२ करुनिया लक्ष्मिनियाका ६० वर्षीय शेख अलियास, सोही ठाउँका ४० वर्षीय बहुदल भने ईस्लाम अन्सारी, ३५ वर्षीय शेख ईन्ताज, ५० वर्षीय कैमुल देवान र परोहा नगरपालिका–४ का ४५ वर्षीय छोटेलाल साह छन् । किशोरीका आमाबुबाले हत्याको योजना बनाएर अन्य पाँच आरोपितलाई हत्याबापत पैसाको प्रस्ताव गरेको र उनीहरुले पैसा लिएर ती किशोरीको हत्या गरेको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार आरोपित सबैले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । उनीहरुमाथि ज्यान सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट अनुसन्धानका लागि म्याद लिइएको र थप अनुसंधान भइरहेको एसपी शाहले जानकारी दिए ।


कसरी भयो घटना ?

अमृता र उनका छिमेकी सोसिन्द्र भगतसँग पछिल्लो तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । छोरीको प्रेमलाई बेवास्ता गर्दै बाबुआमाले २०७६ असारमा सर्लाही, बिशुनपुर गाउँपालिका–३ का रुपेश साहसँग अमृताको बलपूर्वक विवाह गराएका थिए ।केहीपछि उनको श्रीमान रुपेश साहमाथि धारिलो हतियारले आक्रमण भएको थियो । उक्त घटनामा रुपेशका परिवारले अमृता र उनको प्रेमी सोसिन्द्र भगतविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गराएका थिए ।

उक्त घटनापछि अमृता माईतीघर लौकाहामै बस्दै आएकी थिइन् भने गत असारमा श्रीमानसँग औपचारिक रुपमा उनको सम्बन्ध बिच्छेद भएको थियो । माईतीमै बसेकी छोरी अमृता कुनबेला प्रेमी सोसिन्द्रसँग भाग्छिन् र समाजमा हाम्रो इज्जत जान्छ भन्नेमा उनका बाबुआमा चिन्तित रहँदै आएका थिए । बराबरको चिन्ता र इज्जत जाने डरबाट बच्न छोरी अमृतालाई कुनै बहानामा भारतमा लैजाने र परोहाका छोटेलाल साहलाई एकलाख ५० हजार रुपैयाँ दिएर हत्या गराउने योजना रामअयोध्या दम्पत्तीले बनाए । उक्त योजनामा उनीहरुका ज्वाइँ देवाही गोनाही–२, करुनियाका लक्षुमण साहले पनि साथ दिए ।


योजना अनुसार अमृतालाई उपचार गराउने बहानामा सीमावर्ती भारतीय बजारमा केही महिना अघि लगिएको थियो तर त्यहाँ योजना सफल हुन सकेन र अमृता माईतीमै आएर बसिरहेकी थिइन् । यसैबीच बुवा रामअयोध्या साह र ज्वाइँ लक्षुमण साहले इज्जतका लागि भनेर देवाही गोनाही–२ करुनिया लक्ष्मिनियाका कैमुल देवानलाई अमृताको हत्या गर्न एकलाख रुपैयाँको सुपारी दिए ।

मुख्य योजनाकार कैमुलले अन्य अभियुक्तसँग मिलेर गत कार्तिक २६ गते राति आमासँग आफ्नै घरमै सुतिरहेकी अमृतालाई आमा उठेर शौचालय गएको अवसर पारेर कञ्चटमा गोली हानी हत्या गरेका थिए । घटनापछि मृतकका श्रीमान, प्रेमी र परिवारका सदस्यहरुमाथि अनुसन्धान गर्दैजाँदा अपराधी पक्राउ तथा हत्याको योजना बाहिर आएको एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई जानकारी गराए ।  


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Other types of GBV
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments