Incident Reports

सीमा नाका खोल्न माग गर्दैै धर्ना

2020-12-06

Province 1, Sunsari, Dewanganj

कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै  अनिश्चितकालीन धर्ना शुरु गरिएको छ । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले आज सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित भारतसँग जोडिएको नेपाल क्षेत्रमा अनिश्चितकालीन धर्ना शुरु गरेको हो । 

कोभिड–१९ का कारण सङ्क्रमण रोकथान गर्ने नाममा सरकारले भारतसँगको धार्मिक, संस्कृति र राजनीतिक सम्बन्धमा असर पार्ने उद्देश्यले सीमा सिल गरिएको आरोप उक्त समूहको छ । 

सम्वाद समूहका केन्द्रीय संयोजक राजीव झाले गत नौ महिनादेखि नेपाल–भारत नाका वैधानिक रूपमा बन्द हँुदा नेपाल–भारतको व्यापार–व्यवसाय मात्र नभएर सामाजिक र सांस्कृतिक सम्बन्धमा असर परेको बताए । नेपालको २७ नाकामध्ये २५ नाका भारतसँग जोडिएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments