Incident Reports

नाका खुलाउन माग गर्दै १ घण्टा धर्ना

2020-12-06

Madhes, Saptari, Tilathi Koiladi

सप्तरी – लामाे समयदेखि बन्द रहेकाे नाका खुलाउन माग गर्दै आइतबार सप्तरीको कुनाैली नाकामा एक घण्टा धर्ना दिइएकाे छ । नेपाल–भारत खुला सीमा संवाद समूहले सप्तरीकाे तिलाठी काेइलाडी गाउँपालिकाकाे तिलाठी बेल्ही भन्सारमा नाका खाेल्नुपर्ने माग गर्दै एक घण्टा धर्ना दिएकाे हाे ।

धर्ना कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसद मनीस कुमार सुमन, जसपा नेपाल केन्द्रीय सदस्य तथा नेपाल–भारत खुला सीमा संवाद समूहका केन्द्रीय सदस्य गजेन्द्र कुमार मण्डल, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, तिलाठी काेइलाडी गाउँपालिकाका अध्यक्ष सतीश कुमार सिंह, जसपा जिल्ला अध्यक्ष सुनिल कुमार झा, नेता गुडु देबलगायत सहभागी थिए ।

यस्तै दुई दिनभित्र नाका नखुलाइए मङ्सिर २४ गतेदेखि अनिश्चितकालीन धर्नालगायतका कार्यक्रम गर्ने जसपाका केन्द्रीय सदस्य गजेन्द्र मण्डलले जानकारी दिनुभयो । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments