Incident Reports

फेसबुक ह्याक गरी अश्लिल फोटो हालदिने भन्दै ब्लेकमेलिँग गर्ने युवायुवति रँगेहात पक्राउ

2020-12-08

न्यूज ब्यूरो, बारा ।समाजिक सँजाल फेसबुक ह्याक गरी अवैद्य तरिकाले पैसा माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश नम्बर २ को बारा जिल्ला प्रहरीले सप्तरीको सीतापुर गाउँपालिका वडा नम्बर ३ बस्ने नन्दलाल साहको ३१ बर्षिय छोरा रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. ४ बस्ने भुपाल गिरीको छोरी बर्ष २३ की मनिषा गिरीलाई पक्राउ गरेको हो ।

दुवै जनाले फेसबुक एकाउन्ट ह्याक गरी एक फेसबुक प्रयोगकर्तासँग रकम मेरो नाउँमा पठाउ दबाब दिँदै नदिए अश्लिल तस्विरहरु नेट मार्फत फेसबुकमा राखिदिने भन्दै ब्लेकमेलिँग गर्दा पक्राउ परेका हुन् ।

ब्लेकमेलिँग सहित विभिन्न डरत्रास देखाई ३० हजार रुपैयाँ रकम ठगी गरेको भन्ने जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ बस्ने एक जना महिलामार्फत जिल्ला प्रहरी कार्यालय बारामा प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न दुवै जनालाई पक्राउ गरेको हो ।

दुवै जनाको सुराक पत्ता लगाउदै जाँदा उनीहरुको संलग्नता रहेको यकिन पश्चात खोजतलाश गर्दै जाने क्रममा आईतबार सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नं.६ ईटहरी बजार अन्तर्गत रहेको आईएमई बाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकम सहित रँगेहात पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालय बारामा ल्याई आपराधिक लाभ मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other types of GBV
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments