Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-12-07

Gandaki, Tanahun, Shuklagandaki

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेका ५० वर्षीय केशबहादुर गुरुङलाई मङ्सिर २७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले मङ्सिर २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २७ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दर्ता गराएका थिए ।

पीडितलाई आरोपितले डर धम्की देखाएको कारण घटना बाहिर आउन समय लागेको पीडित पक्षले उजुरीमा लेखाएका छन् ।

सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर जगदिश रेग्मीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते जीपी कोईराला अस्पताल बेलचौतारामा गरिएको छ ।

प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments