Incident Reports

कपालमा मेहदी नलगाएको भन्दै प्रअले गरे महिला शिक्षकमाथि हातपात

2020-12-24

Lumbini, Dang, Rajpur, Ward 7

आफ्नै विद्यालयका महिला शिक्षकलाई हातपात गर्ने दाङका एक सामुदायिक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्। दाङ राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टास्थित मावि सिक्टाका प्रधानाध्यापक बिष्णु खत्रीले विद्यालयमा कार्यरत महिला शिक्षक बिशाल खत्रीमाथि अभद्र व्यवहार गरेको पीडित शिक्षकले बताएकी छिन्।

पीडित शिक्षकको उजुरीका आधारमा प्रअ बिष्णुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रअ बिष्णुले कपालमा कालो मेहदी किन नलगाएको भन्दै महिला शिक्षक खत्रीलाई कक्षा कोठाबाट थुतेर बाहिर हुत्याएका हुन्। ‘कालो मेहदी किन नलगाएको भनेर कक्षा कोठाबाटै तानेर बाहिर हुत्याउनु भयो,’ पीडित शिक्षकले भनिन्।

विद्यालयका शिक्षकहरुका अनुसार विद्यालय व्यवस्थापन समितिको केहि दिनअघि बसेको बैठकले विद्यार्थी तथा शिक्षकहरुले अनिवार्य कालो मेहदी लगाउनु पर्ने निर्णय गरेको थियो। तर शिक्षक खत्रीलाई यो निर्णयबारे थाहा थिएन। पुस ५ मा विद्यालय गईन्। विद्यालयको कार्यालयमा पसेकी मात्रै के थिईन् शिक्षक अभिभावक संघका सदस्य अमर रानाले ‘कालो मेहदी किन नलगाएको? ’ भनेर शिक्षक खत्रीलाई हकारे। मेहदीले आफूलाई असर पार्ने भन्दै नलगाएको उनले जवाफ दिईन्। ‘तपाई बाहिर निस्कनु पर्यो भनेर अभिभावक संघका सदस्य रानाले मलाई भन्नुभयो,’ उनले भनिन् ‘मलाई यो अन्याय लाग्यो र किन आउने भनेर प्रतिवाद गरेँ।’

त्यहि बेला विद्यालयका प्रधानाध्यापक बिष्णु महिला शिक्षकको जागिर खाईदिने भन्दै खनिए। ‘विद्यालयको नियम नमान्ने? यस्ताको जागिर धेरै खाईदिईसकेको छु,’ प्रअको भनाई उदृत गर्दै उनले भनिन् ‘तपाईको पनि अब जागिर गयो भन्दै धम्क्याउनु भयो।’ तर १५ वर्षदेखि विद्यालयमा कार्यरत शिक्षक खत्री यहि विवादकै बीच कार्यालयबाट निस्कीएर पढाउनका लागि भन्दै शिशु कक्षा प्रवेश गरिन्। त्यहि बेला एकाएक प्रधानाध्यापक बिष्णुले महिला शिक्षकमाथि हातपात गर्न गईपुगे। ‘किन पढाउन लागेको भनेर मेरो हात समातेर कोठाबाट बाहिर हुत्याउनु भयो,’ उनले भनिन्।

आफूमाथि हातपात भएपछि पीडित महिला शिक्षकले स्थानीय तहमा रहेको न्यायिक समितिमा उजुरी दिन पुगिन्। तर न्यायिक समितिले यो मुद्धा हेर्ने अधिकार नभएको बताएपछि उनि प्रहरी कहाँ पुगिन्। ‘ममाथि अभद्र ब्यवहार गरिएको थियो,’ उनले भनिन् ‘तर विद्यालयमै रहेका अभिभावकसंघका सदस्यले मलाई नै गलत देखे र लाञ्छना लगाए, मलाई थप पीडा महसुस भयो र म न्यायको खोजीमा लागेँ।’ महिलाले प्रहरीमा आफूमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्धा दिएकी छन्। उनिमाथि हातपात गर्ने प्रधानाध्यापक बिष्णु अहिले प्रहरी नियन्त्रणमा छन्।

‘महिला शिक्षकमाथि हातपात गरेको उजुरीपछि हामीहरुले नियन्त्रणमा लिएका छौँ,’ ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख, प्रहरी निरिक्षक राजकुमार भट्टले भने ‘अब थप आवश्यक कारबाहीका लागि हामी प्रकृया सुरु गरिसकेका छौँ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments