Incident Reports

शुल्क उठाएको भन्दै विद्यालयमा तालाबन्दी

2020-12-25

Madhes, Rautahat, Gaur

शिक्षा ऐन तथा नियमावलीमा माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा निःशुल्क हुने भनिए पनि रौतहटको गौर नगरपालिकास्थित जुद्ध माध्यमिक विद्यालयले विद्यार्थीबाट विभिन्न नाममा शुल्क असुल गरिरहेको भन्दै विद्यार्थी संगठनहरुले विद्यालयमा ताला लगाएका छन्।

नेपाली र अंग्रेजी दुवै माध्यममा पठनपाठन भइरहेको जुद्ध मावि गौरमा नेपाली माध्यमका विद्यार्थीहरु निःशुल्क पढिरहेका छन् भने अंग्रेजी माध्यमतर्फ पढ्ने विद्यार्थीले भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क तथा पाठ्यपुस्तकको समेत शुल्क तिर्नु परेको विद्यार्थी तथा अभिभावकहरु बताउँछन्।

यसअघि विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय रौतहटमा अवैध शुल्कविरुद्ध निवेदन दिएका थिए। विद्यार्थी तथा अभिभावकसमेतले जिल्ला प्रशासन कार्यालयमा शुल्क नतिर्ने बताएका थिए।

गौर नगरपालिकाका कार्यालयले पनि गत कात्तिकमा एक सूचना जारी गरी नगर क्षेत्रका कुनै पनि सामुदायिक विद्यालयलाई कुनै किसिमको शुल्क नलिन निर्देशन जारी गरेको थियो। सामुदायिक विद्यालयमा कुनै किसिमको शुल्क उठाएको पाइएमा कडा कारबाही गर्ने चेतावनीसमेत नगरपालिकाले दिएको थियो।

जिल्ला प्रशासन कार्यालय रौतहट, गौर नगरपालिका तथा अभिभावक र विद्यार्थी समेतलाई अटेरी गरेर जुद्ध माविले विद्यार्थीसित शुल्क उठाउन नरोकेपछि विद्यालयमा ताला लगाइएको संगठनहरुको भनाइ रहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments