Incident Reports

वीरगन्जमा खानेतेलको कालोबजारी, दुई पक्राउ

2020-12-31

Madhes, Parsa, Birgunj, Ward 2

पर्सामा खानेतेलको कालोबजारी गरेको अभियोगमा दुई जना उद्योगी पक्राउ परेका छन्।

वीरगन्ज महानगरपालिका-२ आदर्शनगरका ३८ वर्षीय दीपकुमार वर्णवाल र २४ वर्षीय रोशन वर्णवाललाई प्रहरीले पक्राउ गरेको हो।

दीपकले भाइ सन्दीपकुमार वर्णवालको नाममा रहेको शिवशक्ति रिप्याकिङ फर्ममा सोयाबिन तेल ल्याएर प्लाष्टिकको बोतलमा रिप्याकिङ गरी कालोबजारी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

रोशनले आफ्नै घरमा दाजु राजन वर्णवालको नाममा रहेको त्रिदेव रिप्याकिङग फर्ममा सोयाबिन तेल ल्याएर रिप्याकिङ गरी बिक्री गर्ने गरेका थिए।  

ती फर्मबाट प्रहरीले ठूलो परिमाणमा तेल बरामद गरेको छ। उनीहरूले विभिन्न कम्पनीको सोयाबिन तेल रिप्याकिङ गरी उनले तिल उत्सब पूजा तेल लेखिएको स्टिकर टाँसेर बेच्ने गरेका थिए।

रोशनको साथबाट महालक्ष्मी सोयाबिन लेखेको ‍ ३४६५ लिटर तेल, ९९० लिटर तेल, तिल उपकार पुजा आयल लेखेको ३४८ लिटर लगायत बरामद भएको छ।

दीपकको साथबाट १ लिटरको प्लाष्टिकको बोतलमा तेल प्याक गरी राखेको तेल ११९ थान, आधा लिटरको प्लाष्टिको बोतलमा प्याक गरी राखेको तेलको बोतल ३१ थान, एक लिटरको बोतलमा तेल प्याक गरी अनमोल तिलको तेलको स्टिकर समेत टाँसिएको कुटको कार्टुनमा प्याक रहेका कार्टुन १८ थान, महालक्ष्मी रिफाइण्ड सोयाबिन तेल लेखिएको १५ लिटरको दरले तेल भरिएको जर्किन ६ थान, आधा तेल रहेको जर्किन २ थान, प्लाष्टिकको बोतलहरूमा तेल प्याक गरी स्टिकर समेत टाँसिएको ४९ कार्टुन तेललगायत बरामद भएको छ।

दुबैलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गत कसुरमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments