Incident Reports

मनपरी सड्क खनेको भन्दै स्थानीय आन्दोलित

2020-12-31

Karnali, Dolpa, Thuli Bheri, Ward 5

डोल्पा : मनपरी सड्क खनेको भन्दै स्थानीयले सड्क अवरुद्ध गरेका छन् । ठुलीभेरी नगरपालिका ५ हुँ गाँउका स्थानीयले स्टिमेट भन्दा फरक तरिकाले सड्क खनेको र आफू सड्कको पहुँचबाट बञ्चित भएको भन्दै खनिरहेको सड्कमा अवरुद्ध गरेका हुन् । 

नगरपालिकाको केन्द्र जुफालबाट तल्लो लाक्ना भन्ने ठाँउबाट सहजै माझफाल सड्क पुग्नेगरी स्टिमेट भएपनि डोजरा चालकले सहजताका लागि माथिल्लो लाक्नाबाट सड्क खनेकाले सडक सञ्जालबाट बञ्चित गराएको वडा नम्बर ५ का वडा सदस्य बागबहादुर बुढाले जानकारी दिए । 

बुढाले भने ठूलीभेरी नगरपालिकाको ३० करोड लागतमा जुफालबाट तल्लो लाक्ना हुँदै माझफालको सड्क निर्माण गर्नुपर्नेमा स्थानीयको मनोभावना विपरित खन्न थालेपछि हुँ गाँउका स्थानीयले सड्कमै उत्रिनु परेको दावी गरे । 

खनिरहेको सड्कमा स्थानीयले आगो बालेर पाल टाँगी बसिरहेका छन् स्थानीय भन्छन्,' हामीले विकासको विरोध गरेका होइनौं, नगरपालिकाको प्राविधिकले जुन डिजाइन इष्टिमेट गरेका थिए, सोहि अनुसारको काम नभएपछि विरोध गरिएको हो।'

स्थानीय लालचन्द्र बुढाले स्थानीयसँग भएको सहमति र इष्टिमेट अनुसार सडक खनेको र बारम्बार अनुरोध गरेपनि वेवास्ता गरेपछि जनताहरुले सड्कमा बस्नुपर्ने बताए। स्थानीय हिराचन्द्र रोकायाले रहरले नभइ बाध्य भएर सडकमा आएको बताए। माथिल्लो लाक्नाबाट ट्रयाक खोलेर माझफालसम्म जीप तथा ट्याक्टर सञ्चालनमा आइसकेका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments