Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-12-29

Bagmati, Lalitpur, Mahalaxmi, Ward 6

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापा जिल्ला भद्रपुर नगरपालिका–२ घर भई महालक्ष्मी नगरपालिका–६, इमाडोल, डेरा गरी बस्ने ४२ वर्षीय हर्कबहादुर बि.क.लाई प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ०७७ पुस १४ गते डरत्रास देखाई बलात्कार गरेको भन्दै आरोपित बि.क.विरुद्ध पीडितका अभिभावकले पुस १५ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिनु भएको थियो ।

आरोपितलाई पुस १६ गते ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १६ गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताउनु भयो ।

दीपकप्रसाद घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments