Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध अदालतमा मुद्दा दर्ता

2020-11-14

Madhes, Saptari, Bode Barsain, Ward 5

२८ वर्षीया महिलालाई बोदे बर्साइन नपा–५ जाँजरका ५० वर्षीय दिलिपकुमार यादव र दिलिपका २५ वर्षीय छोरा रिपुकुमार यादवले यौन दुर्व्यवहार गरेको भन्दै पीडितले पुस २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी छन् ।

इलाका प्रहरी कार्यालय कडरबोनामा पटक–पटक धाए पनि कुनै कारवाही नभएपछि न्यायका लागि जिल्ला अदालतमा मुद्दा दिएको पीडितले बताइन् ।

नौ वर्षीया छोरीसँग बसेकी सात हप्ताकी गर्भवती पीडित महिलालाई कात्तिक २९ गते आरोपितहरूले यौन दुर्व्यवहार गरेको आरोप छ ।

प्रतिकारका क्रममा देब्रे हात भाँचिएको र छातीमा चोटपटक लागेको भन्दै पीडितले मङ्सिर ४ गते राजविराजमा गरेको घाउँजाँच र गर्भवती रहेको जाँच अल्ट्रासाउण्डको प्रतिवेदन समेत अदालतमा बुझाएकी छिन् ।

पीडितको घर प्रवेशको मूल बाटो छेक्ने गरी माटो खन्याएको विषयमा उत्पन्न विवादमा आरोपितहरूले यौन दुर्व्यवहार गरेको स्थानीय जयनारायण यादवले बताउनु भयो ।

जग्गा र बाटोको विषयमा भएको विवाद बढाइचढाई पीडितले काल्पनिक र झुठा उजुरी दर्ता गरेको आरोपित दिलिपले बताउनु भयो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments