Incident Reports

पाठयक्रमको अन्यौल टुंग्याउन विद्यार्थीको प्रदर्शन

2021-01-11

कावासोती । कक्षा ११ को पाठ्यक्रमको अन्यौल तत्काल टुग्याउन माग गर्दै पूर्वी नवलपरासीको कावासोतीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

सोमबार कावासोतीमा युथ कांग्रेसको नाममा विद्यार्थीहरुले पाठ्यक्रमको निधो मा अन्यौल हुँदा विद्यार्थीहरुको भविष्य अन्यौल भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

कक्षा ११ को पाठयक्रमको विषयमा सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाले लाखौं विद्यार्थीको भविष्य अन्योल बनाएको उनीहरुले बताए । शैक्षिकसत्र २०७६ का लागि नेपाल सरकार शिक्षा मन्त्रालयले नयाँ पाठयक्रम जारी गरेर अध्यापन सुरु भइसकेको अवस्थामा नयाँ पाठयक्रम लागु नगराउने माग सहित सर्वोच्चमा मुद्दा दायर भएको छ ।

सर्वोच्च अदालतमा पटक पटक पेसी सर्दै जाने र अन्तिम फैसला नआएका कारणले कक्षा ११ को पठनपाठन सुरु भइसके पनि कक्षामा भने नयाँ पाठ्यक्रम पढाउने कि पुरानो भन्ने अन्यौल बढेको छ।

प्रदर्शनपछिको कोण सभामा युथ कांग्रेस जिल्ला संयोजक सुदिप चापागाईं, लुम्बिनी आदर्श डिग्री कलेजका प्रध्यापक रामचन्द्र भट्टराई, सरस्वती तिमिल्सिना, विद्यार्थी कृष्ण कँडेल लगायतले विद्यार्थीसँगको भविष्यसँग जोडिएका यस्ता मुद्दा तत्काल किनारा लगाउनु पर्नेमा जोड दिएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments