Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-01-09

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–६ का २२ वर्षीय यामप्रसाद भट्टराईलाई प्रहरीले पुस २५ गते धुन्चेबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई पुस २५ गते बिहान १० बजे आफ्नै कोठामा लगि बलात्कार गरेको भन्दै पीडितकी आमाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा आरोपित भट्टराईविरुद्ध उजुरी दिएको डिएसपी इन्द्र सुविदीले बताउनु भयो । 

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २५ गते धुन्चे अस्पतालमा गरिएको छ । 

आरोपित भट्टराईविरुद्ध करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पुस २६ गते जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमती प्रदान भई घटनासम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हेमनाथ खतिवडा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments