Incident Reports

स्वास्थ्य चौकीमा तालाबन्दी

2021-01-20

Province 1, Sunsari, Bhokraha, Ward 8

बुधबार, ०७ माघ, २०७७

इनरुवा/सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ सोनियाहीको स्वास्थ्य चौकीमा स्थानीयले तालाबन्दी गरेका छन् ।

गाउँपालिकाले निकालेको कर्मचारी आवश्यकता विज्ञापनको नतिजाप्रति असन्तुष्टि जनाउँदै स्वास्थ्य संस्थामा तालाबन्दी गरेका हुन् । गाउँपालिकाले आइतबार सार्वजनिक गरेको कार्यालय सहयोगीको नतिजाप्रति असन्तुष्टि जनाउँदै केही उम्मेदवार र स्थानीयले स्वास्थ्य चौकीमा तालाबन्दी गरेको स्थानीय एमडी अन्सारीले जानकारी दिए । 

स्वास्थ्य चौकीमा तालाबन्दी भएको पुष्टि गर्दै वडाध्यक्ष हातिम अन्सारीले कार्यालय सहयोगी बाहिरका व्यक्तिलाई नियुक्त गरेपछि केही असन्तुष्ट व्यक्तिहरुले तालाबन्दी गरेको प्रतिक्रिया दिए । उनले स्वास्थ्य संस्था बन्द गर्नु ठीक नभए पनि पहिलादेखि काम गर्दै आएकालाई समेत उपेक्षा गर्दै नतिजा आएकाले बन्द गरेको सूचना आफूकहाँ आएको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments