Incident Reports

सिरुटारमा विद्युत प्राधिकरणका कर्मचारीमाथि दुर्व्यवहार

2021-01-26

Bagmati, Bhaktapur, Suryabinayak

१३ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, ठिमी वितरण केन्द्रका तीनजना कर्मचारीमाथि दुर्व्यवहार भएको छ ।

दश महिनाभन्दा बढी विद्युत् उपभोग गरेर महसुल नतिरेको पाइएपछि लाइन काट्न जाँदा सिरुटारमा कर्मचारीमाथि दुर्व्यवहार भएको हो ।

ठिमीका मिटर रिडिङ सुपरभाइजर प्रमोद खड्काले अनलाइनखबरलाई बताएअनुसार रुद्र केसीको घरमा विद्युत् काट्न जाँदा कर्मचारी दावा ढकाल, कृष्णबहादुर सुवाल र गोविन्द श्रेष्ठमाथि दुर्व्यवहार भएको हो ।

‘कृष्णबहादुर सरलाई कठालोमा समातेर दुर्व्यवहार गरेको भिडियो नै छ, नियम बमोजिम लाइन काट्न जाँदा कर्मचारीमाथि हातपात गर्ने काम भयो’, खड्काले भने ।

पीडित कर्मचारीले प्रहरीकहाँ जाहेरी दिने तयारी गरेको समेत उनले बताए । घरमा रहेका व्यक्तिहरुले भने प्राधिकरणले विना जानकारी लाइन काटेको गुनासो गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
Total Abducted 00
National/Online Media

0 Comments