Incident Reports

खुकुरी प्रहारबाट घाइतेको उपचारमा समस्या

2021-01-25

Province 1, Solukhumbu, Dudhkoshi, Ward 6

सोलुखुम्बु, १५ माघ । छिमेकीको खुकुरी प्रहारबाट घाइते माप्यदूधकोशी गाउँपालिका–६ वाप्साकी ५५ वर्षीया कुमारी रेग्मी मगरको उपचारमा समस्या भएको छ ।

स्थानीय सूर्य रेग्मी मगरले आर्थिक सङ्कलन गरी मङ्गलबार उहाँलाई गाउँबाट जिल्ला अस्पताल फाप्लु उपचारमा ल्याएका थिए । फाप्लुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडाँै लानुपर्दा समस्या भएको उहाँको भनाइ छ । सोमबार दिउँसो घाँसको विषयमा विवाद हुँदा छिमेकी ७३ वर्षीय सिंहबहादुर रेग्मी मगरले खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

उहाँका अनुसार खुकुरी प्रहारबाट महिलाको टाउको र दाहिने हातमा चोट लागेको छ । महिलाकी श्रीमान्ले दोस्रो विवाह गरी अन्यत्र गएको र छोराछोरी समेत नभएको हुँदा थप समस्या भएको बताइएको छ । खुकुरी प्रहार गर्ने वृद्धसमेत अपाङ्गता भएको र आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च बेहोर्न नसक्ने रहेको बताइएको छ । सिंहबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments