Incident Reports

उद्योगी थापाले घना मानवबस्तीमै इँटा उद्योग खोल्ने तयारी गरेपछि स्थानीयवासी आन्दोलित

2021-01-31

Province 1, Jhapa, Kamal, Ward 1

विराटनगर, १६ माघ ।

झापाको कमल गाउँपालिकामा वातावरण प्रदूषणलाई बेवास्ता गर्दै घना मानवबस्ती छेउमै इँटा उद्योग खोल्ने तयारी गरेपछि स्थानीयवासीहरु आन्दोलित बनेका छन् ।

उद्योगी गुणराज थापाले झापाको कमल गाउँपालिका १ स्थित रतनचौनमा गाउँलेको असहमति हुदाँहुदै जबरजस्ती इँटा उद्योग खोल्न लागेकोमा वातावरणमैत्री समाज निर्माणका लागि प्रदूषणयुक्त उद्योगविरुद्ध उनीहरूले पत्रकार सम्मेलनको आयोजना गर्दै त्यसको घोर विरोध गरेका हुन् ।

उद्योगी थापाले सो स्थानमा निजी स्वामित्वमा रहेको १६ बिघा जमिनमा इँटा उद्योग खोल्ने भनी २०७३ साल कात्तिक ९ गते गाउँपालिकाबाट पहिलो पटक एउटा पत्र आएको थियो । गाउँलेको हातमा पत्र परेपछि त्यही पत्र लिएर तत्काल गाउँपालिका पुगेर विरोध गरेको स्थानीय तुलसीराम दंगालले बताए ।

गाउँपालिकाका उपाध्यक्ष वेणु शिवाकोटीले गाउँलेको सहमतिबिना इँटा उद्योग खोल्न नपाइने आश्वासन दिएपछि ढुक्क भएर फर्किएको उनले बताए । त्यसपछि इँटा उद्योगविरुद्ध ३२० जना गाउँलेको हस्ताक्षर गराएर गाउँपालिकामा निवेदन दर्ता गराएको भन्दै उनले भने, ‘गाउँपालिकाको सिफारिस पत्रसहित घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर पुगेर त्यस विषयमा जानकारी गराएको थियौँ ।’


National/Online Media

0 Comments