Incident Reports

सीमामा आवतजावत सहज हुनपर्ने माग गर्दै विराटनगरवासीको प्रदर्शन

2021-01-31

Province 1, Morang, Biratnagar

विराटनगर : मोरङको जोगवनीस्थित रानी नाकाबाट नेपाल–भारत आवतजावत सहज हुनपर्ने स्थानीयले माग गरेका छन्। विगतमा जस्तै घरायसी किनमेल, आफन्त भेटघाट, औषधि उपचार तथा घुमफिरका लागि नाकामा सहज हुनुपर्ने माग गर्दै आइबार स्थानीयले विरोध प्रदर्शन गरेको हो।

सहजरुपमा आवातजावत गर्न नपाएको तनवीर खान बताउँछन्। ‘दैनिकरुपमा प्रयोग हुने समान खरिद गर्न सहजरुपमा पाएका छैनांै,’ उनले भने, ‘प्रहरीले गेट क्रस गर्न दिएन।’

सरकारले सीमा नाका खुला गर्ने निर्णय गरे पनि प्रोटोकल पूरा गर्न झन्झट रहेको होटल एसोसिएशन प्रदेश १ का संयोजक राजन श्रेष्ठ बताउँछन्। भारतबाट नेपाल आउने नागरिक वा पर्यटकका लागि सीमा क्षेत्रमै सहजीकरण हुनुपर्ने उनको माग छ।

कोरोना भाइरस महामारी रोकथाम तथा न्यूनीकरणका लागि चैत ११ देखि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा नाका माघ १६ देखि आवश्यक सर्तसहित खुुला गर्नेसरकारल निर्णय गरेको थियो। गृह मन्त्रालयले विराटनगरको रानी भन्सारसहित भारत र चीनसँग सीमा जोडिएका देशभरिका ३० वटा नाकाहरु आवश्यक प्राटोकलसहित खुला गरेको छ।

नेपाल प्रवेश गर्न चाहने नेपालीलाई सहजीकरण

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सरकारले सीमा नाका पूर्ण पमा खुुला गरेको नभई नेपाल प्रवेश गर्न चाहने नेपालीलाई सहजीकरण मात्र गरेको बताउँछन्। उनले भारत जान चाहने नेपालीहरुको हकमा भने कुनै रोकतोक नभएको बताए।

नेपाली नागरिकहरुको हकमा भने आवश्यक रेकर्ड राखेर स्वास्थ्य परीक्षणपछि मात्र नेपाल प्रवेश गर्न दिने व्यवस्था मिलाएको छ। सरकारले भारतीय नागरिकहरुको हकमा भने गृह मन्त्रालयसँग स्वीकृति लिएर मात्रै नेपाल प्रवेश दिने व्यवस्था मिलाएको प्रजिअ निरौलाले जानकारी दिए। उनले लकडाउन हुनु अगाडिको जस्तो अवस्थामा सीमाबाट अहिले पनि आवतजावत गर्न नपाउने बताए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments