Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-01-21

Karnali, Salyan, Kalimati, Ward 4

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कालिमाटी गाउँपालिका –४ काल्चेका ४३ वर्षीय डोटबहादुर वलीलाइ प्रहरीले माघ २१ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई माघ ५ र ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २० गते दिएको मौखिक उजुरीको आधारमा आरोपितलाइ गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

आरोपित बिरूद्ध माघ २१ गते इलाका प्रहरी कार्यालय लुहाममा लिखित उजुरी  दिएको बालिकाको आमाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २१ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments