Incident Reports

भागरथीको न्यायका लागि बैतडीमा प्रदर्शन

2021-02-07

बैतडी —

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको न्यायका लागि आइतबार बैतडीमा प्रदर्शनहरु भएका छन् ।जिल्लाका विभिन्न स्थानमा विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरुले बलात्कारपछि भागरथीको हत्या भएको भन्दै तत्काल घटनाका दोषीहरुलाई पक्राउ गर्न माग गरे ।

जिल्ला सदरमुकाममा भएको प्रदर्शनमा शाहीलेक, गोठलापानी बजार परिक्रमा गर्दै आएको बृहत र्‍याली जिल्ला प्रशासन कार्यालय गढी बाहिर आएर नाराबाजी गर्दै कोणसभामा परिण्णत भएको थियो । उनीहरुले ‘जवाफ चाहियो सरकार, किन बढ्यो बलात्कार ?', 'हत्यारालाई फाँसी दे, हत्या हिंसा कहिलेसम्म ? हामी चुप जहिलेसम्म' लगायतका नारा लगाएका थिए । टाउको र पाखुरामा कालो पट्टी बाँधेर विद्यार्थी, शिक्षकसँगै स्थानीयले न्यायका लागि आग्रह गरे । 

घटनाका दोषी पक्राउ नपरुन्जेल आफ्ना प्रदर्शनका कार्यक्रमहरु जारी रहने प्रदर्शनमा सहभागी जगन्नाथ बहुमुखी क्याम्पसकी छात्रा निर्मला टेरले बताइन् ।

यस्तै जिल्लाको पाटन नगरपालिकामा पनि भागरथीको न्यायको लागि विद्यार्थी र स्थानीय सडकमा आएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments