Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

2021-01-29

Lumbini, Banke, Nepalgunj, Ward 21

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा पीडितपक्षले नेपालगन्ज उपमनपा–४ का २१ वर्षीय जावेद हलवाई विरूद्ध माघ २५ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले माघ १६ गते विद्यालयबाट फर्किदा होटलमा लगेर यौन दुर्व्यवहार गर्नुको साथै कुटपिट गरेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इश्वर गिरीले इन्सेक प्रतिधिसँगको कुराकानीमा बताउनु भयो । इन्स्पेक्टर गिरीले आरोपितको खोजी भइरहेको बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण माघ १७ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी स्टाफ नर्स कविता पौडेलले बताउनु भयो ।

स्मृति देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments