Incident Reports

धुलो उडेपछि ढाट लगाएर सडक अवरोध

2021-02-09

Province 1, Sunsari, Itahari

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत कोसी राजमार्गमा निर्माणाधीन सडकमा धुलोले गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सोमबार इटहरीमा सडकमा ढाट लगाएर स्थानीयले अबरुद्ध गरेका छन्। इटहरी बजार क्षेत्रमा सडक विस्तार भइरहेकोमा धुलो भए पनि पानी नहाल्दा समस्या भोग्नुपरेको जनाउँदै स्थानीयले सोमबार बिहान ११ बजेदेखि दुई घन्टा अवरुद्ध गरेका हुन्। सडकको धुलोका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै व्यापार व्यवसाय समेत प्रभावित भएकाले दबाबका लागि सडक अवरुद्ध गरिएको स्थानीय व्यापारी नवीन श्रेष्ठले बताए। ‘सडक निर्माण भइरहे पनि पानी नहाल्दा धुलोले पसलमा बस्न सक्ने अवस्था नै हुँदैन,’ इटहरीको विराटनगर लाइनका सुन पसल सञ्चालक श्रेष्ठले भने। स्थानीयले सडक अबरुद्ध गरेपछि उपमहानगरपालिकाले पानी हाल्न गाडी पठाएको थियो। त्यसपछि स्थानीयले आन्दोलन रोके। स्थानीय र व्यापारीले दैनिक तीनपटक निर्माणाधीन सडकमा पानी हाल्नुपर्ने माग राखेका छन्। सडक निर्माणको जिम्मा पाएको कम्पनीलाई अनुरोध गर्दा सडक विभाग देखाउने र सडक विभाग समक्ष माग राख्दा उपमहानगरपालिकालाई देखाउने भएकाले बन्द गरेर दबाब दिएको सिर्जना भट्टराईले बताइन्। ‘सडकको धुलोले स्वास्थ्यमा असर त गर्छन नै पसलका सामानहरू पूरै बिग्रिएका छन्। अब हामीलाईं कसले क्षतिपूर्ति दिन्छ ?’ उनले भनिन्। उनका अनुसार धुलोले गर्दा ग्राहक पनि नगन्य आउने गरेका छन्। भारत र तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि विराटनगरको रानीदेखि धरानसम्म ४९ किलोमिटर सडक विस्तार भइरहेको छ। सोमध्ये इटहरी बजार क्षेत्रसँगै बजारबाट उत्तरतर्फ काम भइरहेको छ। तरहरादेखि धरानसम्म केही समयअघि मात्र ठेक्का लागेको छ। आर्थिक वर्ष २०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा सडक बिस्तार गर्ने लक्ष्य राखिए पनि अझै कहिलेसम्म पूरा हुने टुंगो छैन।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments