Incident Reports

घोराहीमा भागरथी भट्टको लागि न्याय माग गर्दै प्रदर्शन

2021-02-12

Lumbini, Dang, Ghorahi

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुक्रबार घोराहीमा प्रदर्शन भएको छ। 

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा विद्यार्थीको सहभागितामा प्रदर्शन गरिएको हो। 

घोराहीको बीपी चोकबाट सुरू भएको र्‍याली तुलसीपुर चोकमा पुगेर सभामा परिणत भएको थियो। 

र्‍यालीमा सहभागीले भागरथी भट्टलाई न्याय दे, निर्मला पन्तलाई न्याय दे, सम्झना विकलाई न्याय दे, बलात्कारीलाई कारबाही गर, हत्यारालाई कारबाही गर, महिला हिंसा अन्त्य गर र  अपराधीलाई कारबाही गर भन्ने जस्ता नाराबाजी गरेका थिए। 

कोणसभालाई सम्बोधन गर्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रकी संस्थापक अध्यक्ष एवं मानव अधिरकारकर्मी विमला योगीले देशमा निर्दोष बालिकामाथि बारम्बार बलात्कारपछि हत्या हुँदा पनि राज्य मौन रहनु लज्जास्पद भएको बताइन्।

‘सरकारसँग बालिकाहरूले आफ्नो सुरक्षाको लागि प्रश्न उठाउनु पर्ने दिनको अन्त्य कहिले हुन्छ ?,’ उनले प्रश्न गरिन्, ‘कलिला नानीहरूलाई बलात्कार गर्ने हत्या गर्ने अपराधीहरूलाई कारबाही गर्न किन सरकारले नसकेको हो ? सरकार किन मौन छ ? ’ 


उनले महिलालाई कमजोर शक्तिका रूपमा नलिन चेतावनी दिँदै छोरी छटपटाउँदै मर्नुपर्ने दिनको अन्त्य हुनुपर्ने माग गरिन्।

‘महिला राष्ट्रपति भएको देशमा महिला नै असुरक्षित हुनु दुर्भाग्य हो,’ योगीले भनिन्, ‘महिला नै राष्ट्रको प्रमुख हुँदा पनि हामी महिलाहरूले ढुक्कसँग बाँच्न नपाउने हो ?’ 

संस्थाका अध्यक्ष कल्पना न्यौपानेले राज्य निरिह भएकाले अपराधी हौसिएको बताइन्। 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students , CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments