Incident Reports

छुवाछूत विरुद्ध जागरण अभियान सुरु : दैलेखमा दलित समुदायको विशाल जनप्रदर्शन

2021-02-13

दैलेख — जातीय विभेद र छुवाछूत विरुद्ध तथा अधिकार प्राप्तिका लागि सामाजिक चेतनामुलक जागरण अभियान दैलेखबाट शक्ति प्रर्दशन गदै सुरु भएको छ ।

शनिबार पश्चिम नेपालका दैलेख, सुर्खेत, बाँके, कैलाली, सल्यान, जाजरकोट लगायत जिल्लाका दलित समुदायहरुले दैलेखमा शक्ति प्रर्दशन शक्ति प्रर्दशन गदै सामाजिक चेतनामुलक जागरण अभियान सुरु गरेका हुन् ।

एकताको सन्देश दिँदै पश्चिम नेपालका दलित समुदायले शनिबार दैलेखमा विशाल जनप्रदर्शन गरे । दलित, शोषित तथा उत्पीडित समुदायको चेतनास्तर माथि उकास्न र आत्मनिर्भर बन्न प्रेरित गर्ने अभियान स्वरुप दलित समुदायले शक्ति प्रदर्शन गरेको जनाए । दलित समुदायहरु ‘सचेत हौऔँ, संगठित बनौँ, संघर्ष गरौँ’ सन्देशको नारासहित दैलेखबाटै सुरु भएको राष्ट्रिय दलित मुक्ति जागरण अभियान अन्तरगत १५ हजार दलित समुदायको उपस्थिति थियो ।

जागरण अभियान पूर्वको सप्तरी र पश्चिमको दैलेखबाट सुरु भएको अभियानका संयोजक खगेन्द्र सुनारले उद्घोष गरे । जातीय विभेद र छुवाछूत विरुद्ध तथा दलित सदमुदायको अधिकार प्राप्तिका लागि अभियान सञ्चालन गर्नुपरेको संयोजक सुनारले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Related to discrimination against Dalits
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Dalit
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments