Incident Reports

राष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्षस्थ नेताहरूलाई पासपाेर्ट उपहार दिएर विराेध प्रदर्शन

2021-02-15

काठमाण्डाै –

विवेकशील पार्टीले विभिन्न शीर्षस्थ नेताहरूलाई पासपाेर्ट उपहार दिएर अधिनायकवादविरुद्धकाे प्रदर्शन गरेकाे छ । विकेकशील पार्टीले  राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाललाई र उहाँहरूका पुस्ताका सबै नेतालाई पासपोर्ट उपहार दिएर प्रदर्शन गरेको छ ।

मुख्य नेतृत्वमा रहेका राजनीतिक दलका नेताहरूको गैर–जिम्मेवारपूर्ण व्यवहारले नागरिकहरूमा निरन्तर सामूहिक नैराश्यता छरेको र युवाहरू विदेशिन बाध्य भएर पासपोर्ट लिने लाइनमा बस्नुपरेको, मुख्य राजनीतिक दलका प्रमुख नेताहरूकै अकर्मण्यताको कारण देशको अर्थतन्त्रसँगै पासपोर्ट पनि निरन्तर कमजोर बनेको पार्टीले बताएकाे ५ । 

साथै ४० वर्षमुनिका महिलाहरूलाई विदेश जाँदा वडा र परिवारको सिफारिस अनिवार्य गर्न सिफारिस गरेका विषयहरूको विरोधमा साङ्केतिक विरोध स्वरूप पासपोर्ट उपहार दिएर प्रदर्शन गरेको विवेकशील पार्टीका नेता छिरिङ तामाङले बताउनुभयो ।   

अधिनायकवादविरुद्धको दोस्रो चरणको आन्दोलनको स्वरूपमा विवेकशील दलले हरेक सोमवार र बिहीवार बिहान १०:३० बजे माइतीघरमा  प्रदर्शन गर्दै आएको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Bibeksheel Sajha Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments