Incident Reports

लोडसेडिङको विरुद्धमा हुम्लाका महिलाद्वारा  विद्युत् कार्यालय घेराउ 

2021-02-16

Karnali, Humla, Simkot

जिल्ला सदरमुकाम सिमकोट बजार क्षेत्रमा दैनिक १२ घन्टा लोडसेडिङ हुन थालेपछि स्थानीय महिलाले विद्युत् कार्यालय घेराबन्दी गरेका छन् । 

हिल्दुम साना जलविद्युत् आयोजनाद्वारा हुम्लाको सिमकोट बजार आसपासमा दैनिक १२ घन्टा लोडसेडिङ हुन थालेपछि  यहाँका स्थानीय महिलाले कार्यालयमा घेराबन्दी गरेका हुन् । हिल्दुम साना जलविद्युत् आयोजनाले सेवाग्राहीको मर्म नबुझी दैनिक १२ घन्टा  लोडसेडिङको मार खेपाएकाे भन्दै आन्दोलन गर्नुपरेको महिलाहरूले बताए । 

 महसुल उठाउँदा प्रत्येक महिना उठाएर लैजाने, तर १२ घन्टा लोडसेडिङ गर्नु अन्याय भएकोे सिमकोट गाउँपालिका– ६ की बाँचकली बोहराले आक्रोश पोखिन् । विद्युत् कार्यालय हुम्लाले  दिउँसो ४ बजेदेखि लोडसेडिङ गरेर रातको १० बजे मात्रै विद्युत् आपूर्ति गर्ने गरेको सेवाग्राहीको भनाइ छ । 

बिहान–बेलुका लोडसेडिङ गर्दा एसइई दिने विद्यार्थीले समस्या भोग्नुपरेको  सिमकोट गाउँपालिका– ६ की काली रावतले गुनासो गरिन् । पटकपटक विद्युत् कार्यालयलाई समस्याको समाधान गर्न अनुरोध गर्दासमेत बेवास्ता गरेको रावतले बताइन् । 

हिल्दुम साना जलविद्युत् आयोजनाले चर्को लोडसेडिङ गर्ने  थालेपछि महिलाहरूले पटकपटक धर्ना दिँदै आए पनि कार्यालयले कुनै पनि सुनुवाइ नगरेको आन्दोलित महिलाले बताए ।  हिल्दुम साना जलविद्युत् आयोजना कार्यालयका प्रमुख साजन ऐडीले मुहानमा पानीको समस्याका कारण लोडसेडिङ गर्ने बाध्य भएको बताए ।  विद्युत् कार्यालयको लापरबाहीका कारण यहाँका सेवाग्राहीहरू ठूलो मर्कामा परेका छन् । 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments