Incident Reports

नाका सञ्चालन माग गर्दै बेलहियामा धर्ना

2021-02-17

५ फागुन, बुटवल ।

भारतसंग जोडिएका सीमा नाकाहरु सञ्चालन गर्न माग गर्दै होटल र पर्यटन व्यवसायीले बेलहिया नाकामा धर्ना दिएका छन् ।लामो समय सीमा नाका बन्द हुँदा होटल र पर्यटन व्यवसाय संकटमा परेकाले तत्काल सञ्चालन गर्न माग गर्दै व्यवसायीहरु धर्ना बसेका हुन् । कोरोना महामारीका कारण सीमा नाकाहरु एक वर्षदेखि बन्द छन् ।

सरकारलाई दवाव दिने उद्देश्यले सिद्धार्थ होटेल एशोसिएसनको अगुवाइमा भैरहवाका होटेल र पर्यटन व्यवसायीहरुले बेलहियामा दिनको एक घण्टाका दरले धर्ना बस्न शुरु गरेको एशोसिएसनका अध्यक्ष सीपी श्रेष्ठले बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लगायतका सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएपनि सुनुवाई नभएकाले सरकारले नेपाल–भारत सीमा नाकाहरु पूर्णरुपमा सुचारु नगर्दासम्म हरेक दिन बेलहिया नाकामा धर्ना बस्ने कार्यक्रम तय भएको श्रेष्ठले जानकारी दिए ।

एक हप्तासम्म धर्ना बस्दा पनि नाका सञ्चालन नभए होटलहरु बन्द गरेर तालाचाबी सरकारलाई बुझाउने र भारतबाट आउने मालवाहक सवारी साधनलाई पनि नेपाल प्रवेश गर्न रोकेर आन्दोलन सुरु गर्ने श्रेष्ठले बताए ।

‘नाका सञ्चालन नहुँदा सीमा क्षेत्रमा सञ्चालित होटेल व्यवसाय संकटमा परेका छन्’, श्रेष्ठले भने, ‘घर भाडा,कर्मचारीलाई तलब, विद्युत महसुल समेत तिर्न नसक्ने अवस्था छ, अब होटेलहरु बन्द गर्नुको विकल्प नभएपछि वाध्य भएर धर्नामा आउनुपर्‍यो ।’

सरकारले कोरोना खोप समेत लगाउन सुरु गरिसकेकाले अब नाका बन्द गर्नुको औचित्य नभएको व्यवसायीको भनाइ छ । कोरोना महामारीका कारण गत वर्षको चैतदेखि बन्द सीमा नाकाबाट भारतीय पर्यटकहरु नेपाल आउन पाएका छैनन् ।

भारतीयलाई लक्षित गरी सीमा क्षेत्रमा खुलेका होटेल, रेष्टुरेन्ट र क्यासिनोमा ग्राहक नहुँदा व्यवसाय संकटमा परेको पर्यटन व्यवसायी सञ्जय वजिमय बताउँछन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments