Incident Reports

ट्रमा सेन्टरमा छट्पटाउँदै सौतेनी बाबुबाट बलात्कृत युवती

2021-01-26

Bagmati, Kathmandu, Gokarneshwor

सौतेनी बाबुले बलात्कार तथा कुटपिट गरेपछि गम्भीर घाइते भई राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत जोरपाटीकी एक युवतीको अवस्था सुधारोन्मुख देखिएको छ। माघ १३ गते राति घरमा एक्लै पारी बाबु दीपक बस्नेत (नाम परिवर्तन)ले छोरी (पीडित युवती)लाई बलात्कार तथा निर्घात कुटपिट गरेका थिए। बलात्कार तथा कुटपिटपछि बाबु (दीपक) युवतीको मृत्यु नै भएको ठानेर भागेका थिए। घटना भएको केही समयमै पुगेका आफन्तले युवतीलाई तत्काल अस्पताल ल्याएपछि उनको उपचार सम्भव भएको हो।

युवतीले बाबुले बलात्कार गर्न खोज्दा प्रतिकार गरेको र सोही क्रममा बाबुले हत्या गर्ने मनसायले कुटपिट गरेको प्रहरीको भनाइ छ। गम्भीर घाइते युवतीको राष्ट्रिय ट्रमा सेन्टरमा उपरचार भइरहेको छ। घटनालगत्तै अवस्था गम्भीर भएकाले पीडित तथा घाइते युवतीलाई १३ दिन आइसियुमा राखिएको थियो। चेत खुलेपछि ६ दिनयता उनको सामान्य बेडमा उपचार भइरहेको छ। यद्यपि अवस्था केही सुधारोन्मुख रहेकोे युवतीकी आमाले जानकारी दिइन्। उनका अनुसार डाक्टरले युवतीको अवस्था खतरामुक्त भएको बताउँदै आए पनि उपचार प्रक्रिया लामो रहने बताएका छन्।

सामान्य बेडमा सारिए पनि युवतीको टाउमा गहिरो चोट लागेको छ। कुटाइबाट ५ वटा दाँत झरेका छन्। घाँटीको मूल नली भाँच्चिएको छ। निधार र टाउकोमा चोटैचोट मात्रै देखिन्छन्। सामान्य बेडमा सारेपछि भने अवस्था केही सहज भएको पीडित युवतीकी आमाले बताइन्। ‘पतिले छोरीमाथि यस्तो व्यवहार गर्ला भन्ने सोचेकी थिइनँ,’ उनले भनिन्, ‘पछिल्लो समय हामीबीच सम्बन्ध राम्रो नै थियो, त्यस दिन बुद्धि बिग्रिएर घिनलाग्दो काम गरे, छोरीको हत्या गरेँ भन्दै भागेका रहेछन्, तुरुन्तै अस्पताल लगेर छोरीलाई बचाउन सफल भयौं।’

गत माघ १३ गते राति युवतीका बाबुले राति युवतीलाई बलात्कार प्रयास गरेका थिए। सौतेनी बाबुले घिनलाग्दो कार्य गर्न लागेपछि छोरीले प्रतिकार गर्न खोजेपछि उनले बलात्कार मात्रै गरेनन् हत्या नै गर्ने मनसाय बनाए। रातभरि युवतीलाई बलात्कार र कुटपिट गरे। बिहानीपख (२ बजेतिर) उनी छोरीको मृत्यु भएको ठानी छाडेर जनकपुरतर्फ हानिए। उनी १४ गते जनकपुर पुगिसकेका थिए। १४ गते बिहान छोराले फोन गर्दा दीपकले उठाए। उनले छोरी (पीडित युवतीको) हत्या गरेर भागेको बताए। त्यसपछि उनकी पत्नी र छोराले प्रहरीलाई जानकारी गराएका थिए। जनकपुर प्रहरीले दीपकलाई १४ गते नै जनकपुरबाट पक्राउ गरेको थियो। अहिले उनलाई महानगरीय प्रहरी प्रभाग बौद्धमा हिरासतमा राखिएको छ।

ट्रमा सेन्टरमा उपचाररत युवतीको उपचारमा ७ लाख खर्च भइसकेको छ। दैनिक संषर्घ गर्दै आइरहेकी युवतीकी आमालाई छोरीलाई निको पार्न खर्च जुटाउने जिम्मेवारी थपिएको छ। ‘भएको पैसा सकियो, नजिकका आफन्तसँग सापटी लिएको पैसाले पनि नपुग्ने भयो, कसरी उपचार गर्ने होला ?’ उनले भनिन्, ‘उपचार समय र खर्च धेरै लाग्ने डाक्टरले बताउनुभएको छ, कसरी जुटाउने होला ?’ उनले कमाउने पति अपराधी बनेपछि छोरीको उपचार भार आफैंमा थपिएकाले चिन्ता बढेको बताइन्।

ढाँटेर बिहे गरेका थिए दीपकले

अघिल्लो पतिबाट एक छोरी रहेकी पीडित युवतीकी आमासँग दीपकको काठमाडौंमा भेट भएको थियो। पतिसँग छोडपत्र भइसकेकी उनी दीपकसँग नजिक भइन् र बिहे गसिरन्। दीपकसँग बिहे हुँदा पीडित युवती चार वर्षकी गरिन्। यसअघि नै दीपकको धनुषामा अर्कैसँग बिहे भएको र पत्नी तथा छोराछोरी रहेको खुलेको छ। तर दीपकले अर्की पत्नी छ भन्ने कुरा उनीसँग लुकाएका थिए। सो कुरा ५ वर्षपछि मात्रै पीडित युवतीकी आमाले थाहा पाएकी थिइन्। ‘अर्की पत्नी हुँदाहुँदै बिहे गरे पनि मलाई नराम्रो गरेका थिएनन्,’ उनले सुनाइन्, ‘तर आफ्नै पति छोरीको बलात्कारी तथा हत्यारा बन्न खोजेको र छोरीको त्यो अवस्था देख्दा साह्रै नमज्जा हुने रहेछ।’

१८ वर्षसम्म सम्बन्ध राम्रै थियो। उनीसँग बिहे गरेपछि भने दीपक १८ वर्षदेखि काठमाडौंमै बस्दै आएका थिए। उनले धनुषामा अर्की पत्नीबाट जन्मिएको एक छोरालाई पनि काठमाडौं ल्याएका थिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments