Incident Reports

कोभिडविरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिन मागगर्दै नेविसंघको प्रदर्शन

2021-02-18

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं : कोभिड–१९ विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने मागगर्दै नेपाल विद्यार्थी संघले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छन्।

विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीलाई कोरोनाको जोखिम बढेको भन्दै संघले विद्यार्थीलाई प्राथमिकतामा राखेर कोरोनाविरुद्धको खोप दिनुपर्ने माग गरेको छ।

संघका महामन्त्री दीपक भट्टराईले सरकारले विद्यार्थीलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नदिए सशक्त आन्दोलन आन्दोलन गर्ने चेतावनी दिए। उनले विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन माग गर्दै पहिलो चरणमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए।

विद्यार्थीले ‘नेपाल विद्यार्थी संघको सरोकार, विद्यार्थीलाई कोभिड–१९ भ्याक्सिनको पहिलो अधिकार’ लेखिएको ब्यानरसहित प्रर्दशन गरेका छन्। उनीहरुले ‘अबको खोप हाम्रो हो’, ‘विद्यार्थीले लाउने खोप कहिले आउने’, ‘नेविसंघको सरोकार हाम्रो खोप हाम्रो अधिकार’, ‘अबको खोप विद्यार्थीको अधिकार’ लगायतका नाराबाजीसमेत गरेका थिए। यस्तै ‘विद्यार्थी नै हो यो देशको आधार, अबको खोप हाम्रो अधिकार’, ‘भविश्यको कर्णधारले भविष्यमा नै हो त खोप पाउने?’, ‘खोपको अधिकार सबैलाई’ लगायत लेखिएको विभिन्न प्ला कार्डसमेत बोकेका थिए। 

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा दोस्रो चरणमा संचारकर्मी र स्थानीय तहका जनप्रतिनिधिलाई खोप लगाएको छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments