Incident Reports

पत्रकार महासङ्घ बारामा तालाबन्दी

2021-02-18

Madhes, Bara, Kalaiya

प्रस, वीरगंज, ६ फागुन/नेपाल पत्रकार महासङ्घ बारामा क्रियाशील पत्रकारहरूले बुधवार तालाबन्दी गरेका छन्। सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणमा पक्षपात गरेको भन्दै नेपाल पत्रकार महासङ्घका पार्षद् सञ्जय तिवारीको नेतृत्वमा पत्रकारहरूले तालाबन्दी गरेका हुन्। 

बारामा दुई दर्जन सङ्ख्याका क्रियाशील पत्रकारहरूलाई सदस्यताबाट वञ्चित गरेको भन्दै तालाबन्दी गरिएको तिवारीले बताए। कार्यक्रममा मधेसी पत्रकार समाज नेपाल बाराका अध्यक्ष अमरेशकुमार पाण्डेय, नेपाल प्रेस मञ्च बाराका अध्यक्ष अनिल वर्मालगायत थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments