Incident Reports

भरपर्दाे स्वास्थ्य सेवाको माग गर्दै वीरेन्द्रनगरवासीको प्रदर्शन

2021-02-18

Karnali, Surkhet, Birendranagar

कर्णालीका दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकको उपचार नपाएर बर्सेनि दर्जन बढीको मृत्यु हुन्छ। कहिले चिकित्सक नहुँदा त कहिले बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा भौगोलिक विकटताको बहानामा कर्णालीवासीले उपचार नपाएरै अकालमा ज्यान फाल्नुपर्ने अवस्था छ। कर्णालीका दुर्गम क्षेत्र मात्र होइन, प्रदेश राजधानी वीरेन्द्रनगरभित्रै सहरी क्षेत्रमा भरपर्दाे उपचार नपाएको भन्दै नागरिक प्रदर्शनमा उत्रिन थालेका छन्।

बिहीबार वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको सहरी स्वास्थ्य सेवा केन्द्रले प्रभावकारी स्वास्थ्य सेवा नदिएको भन्दै नागरिकहरूले प्रदर्शन गरे। यो प्रदर्शनले प्रस्ट पार्छ कि प्रदेश राजधानीवासी नै प्रभावकारी स्वास्थ्यबाट वञ्चित छन्। खजुराका स्थानीयले स्वास्थ्य सेवा केन्द्रबाट पाउने स्वास्थ्य सेवा नपाएको गुनासो गर्दै वीरेन्द्रनगर नगरपालिकाअगाडि प्रदर्शन गरेका थिए। उनीहरूले प्रभावकारी स्वास्थ्य सेवा दिनुपर्ने भन्दै चर्को नाराबाजीसमेत गरे। ‘हाम्रो स्वास्थ्य हाम्रो धन, प्राणभन्दा प्यारो छ’, ‘गरिब जनता मार्न पाइँदैन’, ‘स्वास्थ्य चौकीको सुधार गर, होइन भने बन्द गर’ जस्ता नारा लगाएर स्थानीयले प्रदर्शन गरेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments