Incident Reports

रेसुंगा घटनाको सत्य तथ्य पत्ता लगाउन माग गर्दै गुल्मीमा प्रदर्शन

2021-02-18

Lumbini, Gulmi, Resunga

६ फागुन, गुल्मी ।

गुल्मीको रेसुंगामा एक महिला वेपत्ता र उनकी सासु मृत भेटिएको विषयलाई लिएर स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।रेसुङ्गा नगरपालिका–३ भाडगाउँकी २२ वर्षीया सम्झना बोहोरा खत्री माघ २९ गते देखि वेपत्ता छिन् भने उनकी सासु फागुन १ गते घरनजिकै मृत भेटिएकी छिन् ।

वेपत्ताको खोजीका लागि भन्दै सम्झनाको परिवारले माघ ३० गते प्रहरीमा निवेदन दिए पनि सम्झनाको माइती पक्षले श्रीमान र सासूसँग पहिलेदेखि बेमेल रहेको आरोपसहित प्रहरीमा निवेदन दिएको थियो । सोही घटनाको अनुसन्धानका लागि प्रहरीले सम्झनाका श्रीमान नेत्रबहादुर खत्रीलाई हिरासतमा राखेको छ भने सासु तोमकला खत्रीलाई सोधपुछ गरी घर पठाएको थियो ।

तर फागुन १ गते तोमकला झुण्डिएको अवस्थामा मृत फेला परिन । त्यसअघि तोमकलाले २९ गते राति घरमा सासू, बुहारी र सानो बच्चा मात्र भएको अवस्थामा तीन जना अपरिचित व्यक्ति घरमा प्रवेश गरेको बताएको स्थानीय पूर्ण केसीले बताए ।

अहिले सासूको मृत्यु भइसकेको र बुहारी बेपत्ता भएको भन्दै घरपरिवार र सम्झनाका माइती पक्षले दुवै घटनाको न्यायिक छानविनका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । तर प्रहरीले यस बिषयमा छानविनमा ढिलासुस्ती गरेको भन्दै जनप्रतिनिधि, महिला अधिकारकर्मी र दुवै परिवारका सदस्यहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको नेतृत्वमा घटनाको सत्यतथ्य छानविनको माग गर्दै रेसुङ्गा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, महिला अधिकारीकर्मी, दुवै परिवारका सदस्यले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । नाराबाजी गर्दै गएको टोली र प्रहरीबीच केही समय तनावको स्थिति सिर्जना भएको थियो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठ र रेसुंगाका मेयर डिल्लीराज भुसालसहितका जनप्रतिनिधि, राजनीतिक दल र अधिकारकर्मीबीच बिहीबार यस विषयमा छलफल भएको थियो ।

छलफलले मृत फेला परेकी खत्रीको शबको पोस्मार्टम गर्ने, अनुसन्धानलाई फराकिलो बनाएर लैजाने निष्कर्श निकालेको एक सुरक्षा अधिकारीले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals , CSO/NGO , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments