Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2021-01-26

Madhes, Siraha, Bariyarpatti, Ward 5


१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बरियारपट्टी गाउँपालिका–५ का २० वर्षीय राजन यादवविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा फागुन ५ गते उजुरी दिएका छन् ।

पीडित बालिकालाई आरोपितले माघ १३ गते घरबाट भगाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी दिएको पीडित बालिकाको बुबाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन ५ गते भएको थियो ।

आरोपित फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर अरबिन्दकुमार साहले बताउनु भयो ।

यसैगरी २८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लहान नपा–१० का ३५ वर्षीय तेजु पासवानविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा फागुन ५ गते उजुरी दिएका छन् ।

पीडित महिलालाई आरोपितले फागुन ४ गते बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको पीडित पक्षले जनायो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा फागुन ५ गते भएको थियो । आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्मा पौडेलले बताउनु भयो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments