Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-02-21

Madhes, Bara, Karaiyamai, Ward 5

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले करैयामाई गाउँपालिका–५ का ४० वर्षीय महेन्द्र सहनीलाई फागुन ८ गते गाउँबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले घरमा बोलाएर फागुन ८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेन्द्र यादवले बताउनुभयो ।

पीडित नाबालिका र आरोपितको स्वास्थ्य परीक्षण कलैया अस्पतालमा फागुन ८ गते गरिएको छ । जबरजस्ती करणी प्रयास मुद्दामा अनुसन्धान भइरहेको इन्स्पेक्टर यादवले बताउनुभयो ।

भोलानाथ पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments