Incident Reports

विश्वविद्यालय अनुदान आयोगको बेथितिप्रति विद्यार्थी आन्दोलित

2021-02-19

काठमाडौँ —

विश्वविद्यालय अनुदान आयोगका बेथिति बन्द गर्दै रोकिएका छात्रवृत्ति तत्काल वितरण गर्न भन्दै अनेरास्ववीयूले प्रदर्शन गरेको छ ।'उच्च शिक्षामा लगानी वृद्धि गर', 'विश्वविद्यालय अनुदान आयोगको बेथिति अन्त्य गर', 'रोकिएको छात्रवृत्ति अविलम्ब वितरण गर' लगायतका विभिन्न नारासहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

विद्यार्थीहरुको कोरोना महामारीकैबीच दोहोरो शिक्षण शुल्कको मारमा परेको र उच्च शिक्षा सुधार परियोजना अन्तर्गत विश्वविद्यालय अनुदान आयोग मार्फत् उपलब्ध हुने चौथो वर्षको छात्रवृत्ति रोकिँदा करिब ३ हजार ३ सय ४० विद्यार्थी जोखिममा परेको बताएका छन् ।

अनेरास्ववियुले भक्तपुर, सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोगलाई विभिन्न मागसहित माग पत्र समेत बुझाएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments