Incident Reports

स्वास्थ्य चौकीले स्वास्थ्य सेवा प्रदान नगरेको भन्दै बीरेन्द्रनगरका स्थानीय आन्दोलित

2021-02-19

Karnali, Surkhet, Birendranagar

वीरेन्द्रनगर, ७ फागुन ।

वीरेन्द्रनगर नगरपालिका–८ स्थित शहरी स्वास्थ्य चौकीले स्वास्थ्य सेवा प्रदान नगरेको भन्दै स्थानीय गौरीशंकर टोलका युवा आन्दोलित भएका छन् ।स्वास्थ्य चौकीले प्रभावकारी स्वास्थ्य सेवा नदिएको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् । प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने भन्दै उहाँहरुले नगरपालिका कार्यालयमा नाराबाजी गरेका छन् । आफुहरु स्वास्थ्यचौकी गएका बेला त्यहाँबाट सेवा नपाएकाले निजी मेडिकलमा महङ्गो शुल्क तिरेर सेवा लिन बाध्य भएको उहाँहरुको भनाइ छ ।

युवा विनम शाहीले स्वास्थ्य सेवाले प्रभावकारी सेवा प्रदान गरोस् भन्ने उद्देश्यले टोलका युवा मिलेर आन्दोलन गरेको बताउनुभयो । उहाँले शहरी स्वास्थ्य केन्द्र, जिल्ला जनस्वास्थ्य कार्यालय र नगरपालिकामा पुगेर ¥यालीसहित ध्यानाकर्षण गराइएको जनाउनुभयो ।

स्वास्थ्य केन्द्रबाट प्रभावकारीरुपमा सेवा प्रवाह नभएमा फेरी पनि आन्दोलन गर्ने उहाँको भनाइ थियो । – रासस

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments