Incident Reports

श्रीमानले गरे दाेस्री श्रीमतीको हत्या, पहिलाे श्रीमतीले आत्महत्या गरेकी थिइन्

2021-02-20

Bagmati, Dolakha, Kalinchok, Ward 6

दोलखा, ८ फागुन ।

दोलखाको कालिन्चोक गाउँपालिका-६, लापिलाङमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शनिबार बिहान करिब साढे २ बजे २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरेर ‍२१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट श्रीमतीको टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागेर ओछ्यानमै मृत्यु भएको हो । हत्या गरेर भाग्न लागेका थामीलाई बिहान करिब साढे ५ बजे कालिञ्चोक गाउँपालिका-७, स्थित सिसागोलाईबाट पक्राउ गरिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कोइरालाले बताए ।

हत्या गरिएकी सुनिता हिमालकी दाेस्री श्रीमती हुन् । स्थानीयका अनुसार केही वर्षअघि हिमाल थामीकी पहिलो श्रीमतीले झुण्डिएर आत्महत्या गरेको थिइन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments