Incident Reports

पुनर्वासको माग गर्दै जुरे पहिरोपीडितद्वारा प्रदर्शन

2021-02-21

पुनर्वासको व्यवस्था माग गर्दै जुरे पहिरोपीडितहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाबाट आएका पहिरोपीडितहरूले आफूहरुका नाममा संकलित २ करोड २४ लाख रुपैयाँ तुरुन्त वितरण गर्न पनि सरकारसँग माग गरेका छन् । उनीहरूले प्रदर्शनका क्रममा ‘सरकार, हामीलाई हाम्रा नाममा देश विदेशबाट आफन्तले दिएको रकम नदिने ?’, 'हामीले सरकारी पैसा मागेका होइनौं, ६ वर्ष पहिले हामीलाई जनताले दिएको चन्दा मागेका हौं’ नारा लगाउननुका साथै ब्यान प्रदर्शन गरेका थिए । 

२०७१ सालमा सुनकोसी नै थुनिने गरी गएको जुरे पहिरोमा १ सय ४५ जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका थिए ।

६ वर्षअघि जुरे पहिरोपीडितका नाममा संकलित रकम अन्यत्र कतै खर्च नभए पनि पीडितका नाममा कहाँबाट कति पैसा संकलन भयो भन्ने जानकारी पनि पीडित परिवारलाई सरकारले जानकारी गराएको छैन । 






  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments