Incident Reports

मुल्यबृद्धि, भ्रष्टाचार र प्रतिगमन विरुद्ध अनेमसङ्घको आन्दोलन

2021-02-21

Province 1, Sunsari, Dharan

देशमा व्याप्त महिला हिंसा, बलात्कार, मुल्यबृद्धि, भ्रष्टाचार र प्रतिगमनका विरुद्ध अखिल नेपाल महिला सङ्घ धरानले ¥यालीसहित विरोधसभा गरेको छ ।नेकपा पार्टी कार्यालयबाट सुरु भएको र्याली छाताचोक हुँदै भानुचोक पुगेर कोणसभामा परिणत भएको थियो । महिला हिंसा, हत्या, बलात्कार नियन्त्रण गर, मुल्य बृद्धि खारेज गर, मुल्य बृद्धि साह्रो भोे, चुलो बाल्न गाह्रो भयो, प्रतिगमन मुर्दावाद लगायतका नारा लगाएका थिए ।

विरोधसभालाई सम्बोधन गर्दै महिला सञ्जाल धरानकी अध्यक्ष चेतना श्रेङले सरकाले जनतालाई मुल्य बृद्धि गरेर अन्याय गरेको बताइन् । उनले जनताको बलिदानबाट ल्याएको संविधानको केपी ओलीले हत्या गरेको बताइन् ।

उनले सरकारले भगिरथी भट्ट, निर्मला पन्त लगायतका हत्यारालाई संरक्षण गरेको आरोप समेत लगाइन् । त्यस्तै सभालाई सम्बोधन गर्दै अनेमसङ्घ केन्द्रिय सदस्य सुसिला पहाडीले बलात्कारीलाई फाँसी दिनुपर्ने माग गरिन् । उनले भ्रष्टचारलाई सरकारले नै बढवा दिएको आरोप लगाइन् । कार्यक्रममा अनेमसङ्घ सुनसरी संयोजक ज्योती सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments