Incident Reports

प्रविणका आफन्तद्वारा प्रशासन र सरकारी वकिल कार्यालय घेराउ

2021-02-23

Province 1, Morang, Uralabari

उर्लाबारी प्रहरीमा दिनहुँ धर्ना र जुलुश गरेर घटना छानबिनको माग गरिरहेका प्रविण बाँस्तोलाका आफन्तजनले आज जिल्ला प्रशासन मोरङ र सरकारी वकिल कार्यालय घेराउ गरेका छन्। दुई दिनदेखि उर्लाबारीमा प्रदर्शनरत उनीहरुले मंगलबार विराटनगर आएर  जिल्ला सरकारी वकिलको कार्यालय र प्रशासनमा उही माग दोहोर्‍याएका हुन् । 

प्रहरीले  मिसिलमा मृतकको फोटो परिवर्तन गरेको आफन्तहरुको आरोप छ। यसलाई ‘हत्यारालाई उन्मुक्ति दिने प्रयास’ भनेर उनीहरुले विरोध गरिरहेका छन् । पुस ५ गते मृत फेला परेका उर्लाबारी–५ का ३१ वर्षीय बाँस्तोलाको हत्या भएको दावी आफन्तको छ ।तर, घटनाको अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउँदा प्रमाण नपुग्ने भन्दै स कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो ।

आफन्तको मृत्यु प्रकरण अनुसन्धानमा चित्त नबुझाउँदै परिवारले प्रहरी कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन्।उनीहरूको माग छ- प्रहरीले घटनाको सत्यतथ्य बाहिर ल्याओस्।प्रहरीका अनुसार घटना भने पुस ४ गतेबाट सुरू हुन्छ।

उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बाँस्तोला ४ गते अपराह्न घरबाट निस्किए।घरदेखि केही टाढा मरिमराउमा गएको भनिएका उनी अपराह्न ४ बजे सौरभी होटल पुग्छन्।त्यहाँ उनका साथीहरू राजेश रणपहेंली, दीपेश पौडेल, मेरमान दर्जी र सुदीप परियार भेट हुन्छन्।

प्रहरीका अनुसार उनीहरू राति १० बजेसम्म सौरभी होटलमा मदिरा पिउँछन्। पिउनेहरूमध्ये बाँस्तोला अत्यधिक नशामा रहेकाले घर फर्किन सक्दैनन्।घर फर्किन नसक्ने अवस्थाबीच तिनै चार जना मिलेर बाँस्तोलालाई उनीहरू बस्ने डेरामा पुर्‍याउँछन्।त्यो घर रमेश गिरीको हो र ती चार जना भुइँतलामा डेरामा बस्थे।

त्यसदिन सुतेका पाँच भाइमध्ये बाँस्तोला भोलिपल्ट बिहान अचेत अवस्थामा भेटिए। साथीहरू मिलेर उनलाई गोदावरी अस्पताल पुर्‍याउँछन्।‘त्यहाँ पुर्‍याउँदा चिकित्सकले बाँस्तोलालाई मृत घोषणा गरेका थिए,’ इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल भन्छन्, ‘त्यसपछि आफन्तले घटना रहस्यमय भनेपछि प्रहरीले अनुसन्धान थालेको थियो।’

घटनापछि जाहेरी आयो। जाहेरीमा होटल सञ्चालक राई, गिरीसहित ६ जनाको नाम थियो।प्रहरीले ६ जनालाई नै पक्राउ गरी हिरासत लियो।मृतकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो। शवमा बाहिरी चोटपटक केही पनि थिएन।

प्रहरीले भिसेरा रिपोर्ट (भित्री अंगहरू)को अंश, जसबाट मृत्युको कारण पत्ता लगाउन सकिन्छ, त्यसलाई फरेन्सिक ल्याबमा पठायो।फरेन्सिक रिपोर्ट समयमा आइपुगेन। प्रहरीले २५ दिन थुनामा राखेर फरेन्सिक रिपोर्टबेगरै माघ २ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो।जिल्ला सरकारी वकिलको कार्यालयले पर्याप्त प्रमाण नभएको भन्दै ६ जनाविरूद्धको अनुसन्धान प्रतिवेदन अभियोजन गर्न इन्कार गर्‍यो। त्यसपछि ६ जना नै रिहा भए।

विस्तृतमा....

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments