Incident Reports

युवतीलाई अपहरण गरेर बलात्कार प्रयास गर्ने फरार आरोपी पक्राउ

2020-12-24

Bagmati, Kathmandu, Tokha

युवतीलाई अपहरण गरेर बलात्कार प्रयास गरेको आरोपमा फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ गलकोट नगरपालिका–३ घर भएका ३४ बर्षिय दीपक गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । 

पुस ५ मा दीपकले २० वर्षीया युवतीलाई काठमाडौं महानगरपलिका–३२ कोटेश्वरबाट अपहरण गरेर टोखामा लगेका थिए । त्यहाँको सत्यदेवी गेस्ट हाउसमा बन्धक बनाएर उनले बलात्कार प्रयास गरेको पीडित युवतीले महानगरीय प्रहरी परिसर काठमाडौंका उजुर गरेकी थिइन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गोंगवुबाट पक्राउ गरेको एसपी बस्नेतले बताए । जबर्जस्ती करणी उद्योग र अपहरण मुद्धामा अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments