Incident Reports

लगत संकलनमा भूमिहीन र सुकुम्बासीलाई सहभागी नगराएको भन्दै कोहलपुर नगरपालिकामा धर्ना

2021-02-24

Lumbini, Banke, Kohalpur

नेपालगञ्ज, १२ फागुन ।

‘सम्पूर्ण अव्यवस्थित भूमिहीन दलित सुकुम्बासी एकजुट होऔं’ भन्ने मुल नाराका साथ आज पनि कोहलपुरमा विरोध ¥याली तथा धर्ना कार्यक्रम गरिएको छ ।अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति कोहलपुरको अगुवाईमा विरोध ¥याली तथा धर्ना कार्यक्रम गरिएको हो । स्थानीय तहले लगत संकलनमा भूमिहीन र सुकुम्बासीहरुलाई सहभागी नगराएको भन्दै उनीहरु चार दिनदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।

चौथो दिन उनीहरुले दिनभर कोहलपुर नगरपालिका कार्यालय गेटमा धर्ना दिएका छन् । नगरपालिका कार्यालय अगाडि उनीहरुले नारा जुलुससहित धर्ना दिएका छन् । मंगलबार पनि उनीहरुले कोहलपुर नगरपालिका–११ को कार्यालयमा दिनभरी घेराउ तथा धर्ना दिएका थिए ।

अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी संघर्ष समितिका संयोजक जीवन थापाले लगत संकलनमा सहभागी गराउन मागसहित शान्तिपूर्ण आन्दोलन गरिएको बताए । नगरपालिका अगाडि पुगेका आन्दोलनरत उनीहरु प्रहरीको सुरक्षा घेरामा धर्ना दिएका थिए ।

उक्त विरोधको कार्यक्रम अन्तर्गत बुधवार दिनभर कोहलपुर नगरपालिकाको कार्यालयमा शान्तिपूर्ण ढंगले धर्ना दिइएको कार्यक्रम संयोजक थापाले बताए । कोहलपुर नगरपालिकामा रहेका भूमिहीन र सुकुम्बासीहरुले केही दिनयता आन्दोलन गरिरहेका छन् ।

‘लगत संकलनमा सहभागी हुन पाउने मागसहित आन्दोलनमा छौं’, उनले भने ‘पहिलो चरणको आन्दोलन चलिरहेको छ । केही दिनमा दोस्रो चरणका आन्दोलनको कार्यक्रम पनि तय हुन्छ ।’


  

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments