2021-02-25
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको हटिया लाइन क्षेत्र धुलैधुलो भएपछि स्थानीय वासिन्दाले सढक अवरुद्ध पारेर आन्दोलन गरेका छन् ।वीरेन्द्रनगर नगरपालिका– ६ मा पर्ने सो क्षेत्रमा बिहीबार विहानदेखि स्थानीय वासिन्दाले सडक अवरुद्ध पारेका छन् । यस क्षेत्रको दुईवटा मुख्य सडक र चारवटा सहायक सडकमा डोरी र तारजाली लगाइएको छ ।
सडक निर्माणका क्रममा धुलो उडेर व्यवसाय सञ्चालन गर्न समस्या भएपछि बाध्य भएर बाटो बन्द गरेको स्थानीय व्यवसायी भुवन ज्ञवालीले बताए । उनका अनुसार उक्त क्षेत्रमा एक वर्षयता नयाँ सडक बनाउन भएको सडक पनि भत्काइएको छ ।
‘हामीले पटक–पटक स्थानीय निर्माण व्यवसायी र जनप्रतिनिधिलाई समयमै सडक निर्माण गर्न आग्रह ग¥यौं । तर, हाम्रो आग्रह कसैले सुनेन’ उनले सडक बन्द गर्नु आफूहरुको बाध्यता भएको सुनाए ।
जनप्रतिनिधिले गर्छु–गर्छु भनेर काम समयमा पूरा नगरेपछि बाध्य भएर सडक बन्द गर्नु परेको अर्का व्यसायी कुमार श्रेष्ठले बताए ।
‘मुख्यमन्त्री, मन्त्रीहरु, मेयर लगाएयतका व्यक्तिहरु चिल्ला गाडीमा यही बाटोबाट धुलो उडाउँदै हिँड्छन् । त्यही धुलोले हाम्रा ५० प्रतिशत सामानहरु काम नलाग्ने भइसके,’ श्रेष्ठले भने, ‘अति भएपछि सडकमा आयौं ।’
वीरेन्द्रनगर वडा नम्बर–६, का वडाध्यक्ष मोतीप्रसाद कँडेलले निर्माण व्यवसायीले ढिला गरेको बताए । ‘निर्माण व्यवसायीले काम ढिला गरिदिएर समस्या भएको छ, हामीले निर्माण व्यवसायीलाई घचघच्याइ रहेका छौं, उहाँको समस्या समाधान गर्छौं,’ अध्यक्ष कँडेलले भने ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Road block |
Primary Cause | Access/control of development infrastructure (roads, bridges) |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD