Incident Reports

बालिकामाथि बलात्कार प्रयास, घटना एक सातासम्म ‘गुपचुप’

2021-02-18

Province 1, Morang, Biratnagar, Ward 1

विराटनगर / मोरङको जहदा गाउँपालिका–१ मा ११ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरिएको घटना एक सातासम्म ‘गुपचुप’ राखिएको खुलेको छ । गाउँकै अगुवा र छरछिमेकीले पीडकसँग मिल्नुपर्ने दबाब दिएर प्रहरी कार्यालयमा जान नदिएपछि बालिकामाथि बलात्कार प्रयास गरिएको घटना सार्वजनिक हुन नसकेको पाइएको हो ।

स्रोतका अनुसार पीडित पक्षलाई आर्थिक प्रलोभन देखाएर गाउँमै घटना मिलाउने प्रयास गर्दै प्रहरीमा नजान दबाब दिइएको थियो । त्यही भएर घटना एक सातासम्म सार्वजनिक नभएको प्रहरीले जनाएको छ ।

बालिकामाथि बलात्कार प्रयास भएको जानकारी दिन आएका पीडित पक्षले आज (बिहीबार) घटनामा संलग्नविरुद्ध इलाका प्रहरी कार्यालय रानीमा किटानी जाहेरी दिएका छन् । तर प्रहरीमा जाहेरी परिसक्दा घटनामा संलग्न ४५ वर्षीय राजेन्द्र सरवरीया फरार बनिसकेका थिए ।

पीडित परिवारले बालिकामाथि पटक÷पटक बलात्कारको प्रयास भएको जानकारीसहित सरवरीयाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका हुन् । जाहेरीअनुसार बालिकामाथि फागुन ६ गते दिउँसो ४ बजेतिर पहिलो पटक बलात्कारको प्रयास भएको हो ।

सोही वडामा रहेको आफ्नै मामाको घरबाट आफू बस्दै आएको मावली हजुरआमाको घरतिर जाने क्रममा सरवरीयाले फकाईफुल्याई बाटैबाट नजिकैको मकै बारीमा लगेर बलात्कार प्रयास गरेको पाइएको प्रहरीले जनाएको छ । त्यसको दुई दिनपछि पनि आफूमाथि सरवरीयाले पुनः बलात्कार प्रयास गरेपछि उनले घटनाका बारेमा अभिभावकलाई जानकारी दिइन् ।

कपडा खोलिदिन थालेपछि आफू भागेर बलात्कृत हुनबाट बचेको जानकारी बालिकाले अभिभावकलाई दिएको प्रहरीले जनाएको छ । त्यसपछि गाउँकै अगुवाले घटनालाई मिलाउने प्रयास गरेको पाइएको प्रहरी स्रोतले बतायो । पीडित पक्षले गाउँमै मिल्नुपर्ने दबाब दिइएका कारण आफूहरू घटना भएका समयमा प्रहरी कार्यालयमा आउन नसकेको पनि बताएका छन् ।

‘गाउँका अगुवाले गाउँमै छलफल गरेर घटनालाई मिलाउने प्रयास गरेछन् । पैसा लिएर मिल्नुपर्छ भन्ने प्रस्ताव पनि राखेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘पीडितलाई प्रहरीमा नजान विभिन्न धम्की दिने र प्रलोभनमा पार्ने काम भएछ । तर अहिले किटानी जाहेरी परिसक्दा बलात्कार प्रयास गर्ने व्यक्ति फरार बनिसकेका छन् ।’

प्रहरीले घटनालाई मिलाउने प्रयास गर्ने र पीडित पक्षलाई मिल्न दबाब दिनेहरूलाई पनि कारबाहीको दायरामा ल्याइने जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले ढिलो गरेर जानकारी प्राप्त भए पनि सबै कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

‘घटना एक साताअघिकै रहेछ । तर प्रहरीले भने आज मात्रै जानकारी पायो,’ उनले भने, ‘प्रहरी पक्राउका लागि जाँदा घटनामा संलग्न व्यक्ति भागिसकेको पाइयो रहेछन् । सम्भावित स्थानलाई लक्षित गर्दै फरार रहेकाको खोजी तीव्र पारिएको छ ।’

प्रहरीका अनुसार बालिकाको पारिवारिक आर्थिक अवस्था अत्यन्तै नाजुक छ । आमाको पहिल्यै मृत्यु भइसकेको र बुबा पनि लगभग नौ वर्षदेखि बेपत्ता रहेका कारण उनी मावली हजुरआमाकोमा बस्दै आएको खुलेको छ । नौ वर्षदेखि सम्पर्कविहीन बनेका बाबुको अझै पत्तो नलागेको पीडित पक्षले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments