2021-02-28
मलगंवा । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै स्थानियबासीहरुले लालबन्दीमा टायर बालेर प्रदर्शन गरेका छन् ।
अस्पताल प्रति आक्रोश व्यक्त गर्दै उनीहरुले एक घण्टासम्म पुर्व–पश्चिम राजमार्ग समेत जाम गरेका थिए । लालबन्दी नगरपालिका वडा न– ६ जनवादी चौक निवासी रमेश गिरीको ७ महिने छोराको स्थानीय गाउँमैत्री बाल अस्पतालमा केहि दिनदेखि उपचार चल्दै आएको र अस्पतालले बालक सिकिस्त भएपछि शुक्रवार बिहान रेफर गरेर पठाएपछि जनकपुर लाने क्रममा बालकको बाटोमै मृत्यु भएक थियो । उपचार सम्भव नभएपछि सुरुमै रेफर गर्नुको सट्टा अन्तिम समयमा आएर रेफर गरेर उपचारमा संलग्न चिकित्सकले गैरजिम्मेवारीपुर्ण काम गरेको र आफुहरुलाई अभद्र व्यवहार समेत गरेको बालकका आफन्तहरुको आरोप छ ।
पीडित परिवार र अस्पताल पक्ष बिच वार्ता भइ बालकको उपचारमा लागेको सम्पूर्ण खर्च अस्पतालले मिनहा गर्ने सहमती भएपछी करिब १ घण्टा अवरुद्ध गरिएको राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए ।
जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Extra-judicial response related to perceived healthcare malpractice/after death of patient |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Mob (only Perpetrator) |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Health sector/health workers, doctors |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD